पटक पटक यौन दुर्व्यवहारमा मुछिएका प्रिन्सिपल पक्राउ

  • आइबार​ ३१ साउन २०८३ ०१:०१ PM
परासी : पटक पटक यौन दुर्व्यवहारका घटनामा मुछिँदै आएका नवलपरासीका एक निजी विद्यालयका प्रिन्सिपल  पक्राउ परेका छन्। नवलपरासी सुस्ता गाउँपालिका–१ सिङ्हास्थित न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालकसमेत रहेका ४६ वर्षीय भरत न्यौपानेलाई पीडितले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो। आफ्नै विद्यालयमा पढ्ने एक १५ वर्षीया छात्रालाई पटक पटक अश्लील म्यासेज पठाएर मानसिक तनाव दिएको उनीमाथि आरोप छ। उनीमाथि बाल यौन दुर्व्यवहारसम्बन्धी जाहेरी परेपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी