रोल्पा :रोल्पामा पछिल्लो एक महिनायता विभिन्न विपद्जन्य घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ। अविरल वर्षापछि आएको पहिरो,बाढी तथा चट्याङका कारण साउन महिनामा ठूलो मानवीय क्षति भएको हो। एक हप्ताभित्र मात्र १८ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्।साउन २ गते परिवर्तन गाउँपालिका-४ पाछाबाङमा पहिरोमा परी ५७ वर्षीय देउप्रसाद घर्तीको मृत्यु भएको थियो। बाटो हिँडिरहेका बेला माथिबाट खसेको पहिरोले उनलाई पुरेको थियो। त्यसपछि साउन ९ गते सुनछहरी गाउँपालिका-१ सेरममा पहिरोमा परी दुई महिलाको म