जहाँ पनि किन लफडा गर्छन् रास्वपा सांसद् यज्ञमणि ?

  • आइबार​ ३१ साउन २०८३ ०६:५४ AM
काठमाण्डु– उच्च अदालत बार एशोसिएसन पाटनको नयाँ कार्यसमिति चयनका लागि शनिबार चुनाव थियो । मतदान जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् यज्ञमणि न्यौपाने शनिबार अपराह्नतिर मतदान स्थल पुगे । जाँदाजाँदै उनले मतदानमा खटिएका कर्मचारीसँग मतदाताको विवरण मागे । आफूले सबैको विवरण र परिचयपत्र हेर्न पाउनुपर्ने अडान उनको थियो । कर्मचारीले केहीबेर विवरण र मतदाता