काठमाडौँ। विगत केही महिना अघिदेखि बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भएसँगै काठमाडौँ उपत्यकाका विभिन्न बिक्री केन्द्रमा ग्यास लिन उपभोक्ताको भीड लागेको छ। नेपाल आयल निगमले अत्यावश्यक उपभोक्तालाई लक्षित गर्दै आइतबार पनि उपत्यकाका सात स्थानहरू टेकुस्थित निगमको परिसर, पशु सेवा शाखा चपली बुढानीलकण्ठ, राधा स्वामी परिसर कीर्तिपुर, नयाँ बजार जुडो हल परिसर, तारकेश्वर नगरपालिकाको