काठमाडौँ। उच्च अदालत बार एशोसिएशन पाटनको अध्यक्षमा अधिवक्ता सेवन्तराज निरौला निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनले निरौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। यहाँ विगतमा झैँ प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी र नेपाल लयर्स एशोसिएसन (पिपिएलए-एनएलए)कातर्फबाट निरौला नेतृत्वका कानून व्यवसायीहरूको प्यानलै विजयी भएको छ। अध्यक्षमा निरौलाले ११५२ मत ल्याएका हुन्। उनका प्रतिस्पर्धीहरू भेषराज पोखरेलले १९९ र देवीप्रसाद रिजालले १२२ मत प्राप्त गरे। त्यस्तै, उपाध्यक्षमा दुर्गाप्रसाद चिमरियाले १०६२, सचिवमा राजीव पोखरेलले १०४५, सहसचिवमा सिमा सुवेदीले १०५३ र कोषाध्यक्षमा दिलकुमार कार्कीले १०८८ मत ल्याएर विजयी भएका छन्। त्यसैगरी अनिता पौडेलले ११६९, इन्दिराकुमारी शर्माले १०५५ र बबिता राईले १०१५ मत प्राप्त गरी महिला सदस्य भएका छन्। खुला सदस्यतर्फ विष्णु महत, शर्मिला अधिकारी, दिपेश ओझा, सुलभ पराजुली, मैया ढुंगाना, निश्चल खरेल, बालकृष्ण थापा, राजन केसी, कटकबहादुर शाही, गोविन्दकुमार साह र मात्रिका खनाल विजयी भएका छन्।