उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

  • आइबार​ ३१ साउन २०८३ ०६:०२ AM
धनगढी : कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई सदुपयोग गर्दै काठ, फलफूल, जडीबुटी, घाँस तथा बहुउपयोगी प्रजातिका बिरुवा रोप्न थालिएको छ । संरक्षणसँगै वनबाट उपभोक्ताको दैनिक आवश्यकता पूरा गर्ने र भविष्यमा आयआर्जनको आधार बनाउने उद्देश्यले उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता दिन थालिएको हो । घोडाघोडी नगरपालिका–८ को जरही सामुदायिक वनमा पनि पछिल्लो समय यस्तै प्रयास भइरहेको छ । कुनै समय गिट्ठा, असारे, रुइनी, भिल्लरलगायतका बुट्यानले ढाकिएको र अतिक्रमणको समस्या रहेको वन क्षेत्रमा अहिले विभिन्न प्रजातिका बिरुवा हुर्किरहेका छन् । स्थानीयको सहभागितामा २०५६ सालमा सामुदायिक वनका रूपमा स्थापित जरहीमा वन संरक्षणसँगै वृक्षरोपणका ... The post उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन appeared first on Kalika Khabar.