काठमाडौं : बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले काठमाडौंका तोकिएका स्थानहरूबाट ग्यासको प्रत्यक्ष बिक्री वितरण कार्यलाई निरन्तरता दिएको छ। नेपाल आयल निगम (एनओसी) ले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा बजारमा ग्यासको आपूर्ति सहज बनाउन विभिन्न ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराइरहेको छ। निगमका अनुसार ग्यासको प्रत्यक्ष बिक्री बिहान १०:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म सञ्चालन हुनेछ। ग्यास खरिद गर्ने उपभोक्ताहरूले बिक्री केन्द्रमा आफ्नो सक्कल नागरि