काठमाण्डु– वाणिज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन्। २० वाणिज्य बैंकमध्ये ५ बैंकले ब्याजदर घटाएका छन् भने १५ बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । भदौमा व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर ४.१६७५ प्रतिशतबाट घटेर ४.१३६ प्रतिशतमा झरेको छ भने संस्थागत निक्षेपको औसत दर ३.०८१ प्रतिशत कायम भएको छ। भदौमा ५ वाणिज्य बैंकले