भारतका प्रधानसेनापति आज नेपाल आउँदै, भोलि राष्ट्रपति पौडेलबाट मानार्थ महारथीको दर्जा प्रदान गरिने

  • आइबार​ ३१ साउन २०८३ ०५:५५ AM
काठमाडौं । भारतका प्रधानसेनापति धीरज सेठ आज नेपालको औपचारिक भ्रमणमा आउँदैछन् । २०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको पद सम्हालेका सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आउन लागेका हुन् । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आउन लागेका जनरल सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा