काठमाडौं : एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले तेस्रो संस्करणको औपचारिक मिति घोषणा गर्दै प्रतियोगिता असोज १५ देखि २४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने जानकारी दिएको हो। यो मितिलाई नेपाल भलिबल संघलेसमेत आधिकारिक रुपमा स्वीकृति प्रदान गरिसकेको आयोजक इन्फिनिटी ड्रिम्सले जनाएको छ। नेपाल भलिबल संघबाट स्वीकृति पाएसँगै लिगको तेस्रो संस्करणका लागि आवश्यक तयारी औपचारिक