हरेक आन्दोलन र परिवर्तनको विशेष मुद्दा भनेकै सुशासन हुने गरेको छ। पछिल्लो नवयुवा क्रान्तिमा यहाँलगायत अन्य देशमा समेत यो विषय जोडतोडसाथ उठेको थियो। सुशासन आजको विश्व राजनीतिमा सर्वाधिक चर्चित मध्येको एक शब्दावलीसमेत हो। शक्तिशाली भनिएकादेखि सामान्य गनिएका सबै देशका सरकारले प्रमुख प्राथमिकता नै सुशासन भएको अभिव्यक्ति दिन्छन्। निर्वाचनको समय प्रत्येक प्रत्यासीबाट देशमा सुशासन कायम गर्दै राष्ट्रनिर्माणमा सघाउने अभिलाषालाई एउटै लक्ष्यका रूपमा प्रस्ट्याइन्छ। राष्ट्र निर्माणमा निरन्तर कलम चलाउने