काठमाडौं । अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ स्थित रिसाङ इलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । सो पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी छ । जिल्ला अस्पताल जाजरकोटमा उपचारपश्चात् नेपालगन्ज रिफर भई मेडिकल कलेज कोहलपुरमा उपचाररत सोही नगरपालिका–२ साल्धारा बस्ने ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा