जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। पहिरोमा बेपत्ता भएका दुई जनाको खोजीकार्य भने जारी छ। साउन ३० गते साँझ आएको पहिरोमा परी ७ जना घाइते भएका थिए। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका रामबहादुर शाही र भद्रकला कार्कीलाई थप उपचारका लागि नेपालगन्ज र सुर्खेत पठाइएको छ। पहिरोमा