तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो

  • आइबार​ ३१ साउन २०८३ ०४:२५ AM
बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ । यसको प्रभाव वाणिज्य बैंकहरूले भदौका लागि सार्वजनिक गरेको निक्षेपको ब्याजदरमा पनि देखिएको छ । २० वाणिज्य बैंकमध्ये पाँच बैंकले साउनको तुलनामा ब्याजदर घटाएका छन् भने अधिकांश बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् । भदौमा व्यक्तिगत निक्षेपतर्फ बैंकहरूले