इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’ बाट बनेको सरकारको संज्ञा दिएका छन् । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको गठन प्रक्रिया र कार्यशैलीमाथि टिप्पणी गरेका हुन् । सरकार गठनको प्रसङ्गलाई एक बालकले क्यारम बोर्ड खेल्दा संयोगवश गोटी छिरेको घटनासँग तुलना गरे । उनले मुलुकमा असहज परिस्थिति सिर्जना गरेर वर्तमान सरकार अस्तित्वमा आएको दाबी गरे । अध्यक्ष ओलीले वर्तमान सरकार गठन भएदेखि नै प्रतिशोधको राजनीतिमा उत्रिएको आरोप लगाए । आफूलगायत नेपाली काँग्रेसका नेता रमेश लेखक र ... The post वर्तमान सरकार भवितव्यको उपज हो : ओली appeared first on Kalika Khabar.