काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेला ‘राष्ट्रिय सम्मेलन’ आइतबार सकिँदै छ । शुक्रबार भेलाका रूपमा उद्घाटन गरिएको भेला शनिबारदेखि सम्मेलनका रूपमा अघि बढाइएको हो ।सुरुमा राष्ट्रिय भेला बोलाइए पनि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको उपस्थिति भएको दाबीसहित भेलालाई सम्मेलनमा परिणत गरिएको थियो । भेलाले नीतिगत विषयहरू पारित गर्न नसक्ने भएकाले सम्मेलनको रूपमा परिणत गरिएको