अवरुद्ध पृथ्वीराजमार्ग पहिरो पन्छाएपछि पूर्णरूपमा सञ्चालनमा

  • आइबार​ ३१ साउन २०८३ ०९:०० AM
चितवन : पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना-५ सिमलधारामा पहिरो खसेपछि रोकिएका सवारीसाधन करिब नौ घण्टापछि गन्तव्यतर्फ लाग्न थालेका छन्।शनिबार राति करिब ११ बजे सडकमाथिबाट रूखसहितको सुख्खा पहिरो खसेपछि मुग्लिङ-नारायणगढ सडकखण्ड दुवैतर्फ अवरुद्ध भएको थियो। पहिरोका कारण रातिदेखि नै सयौँ सवारीसाधन सडकमा रोकिएका थिए।सडक विभाग र सुरक्षाकर्मीको समन्वयमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो। सडक खुलेसँगै लामो समयदेखि रोकिएका सवारीसाधन क्रमशः गन्तव्यतर्फ पठाउन थालिएको प्रहरीले जनाएको छ।पहिरोका कारण य