काठमाडौं : नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटीले जापानको आइची–नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदमा तेक्वान्दोको निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्। आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म आयोजना हुने एसियाली खेलकुदमा बब्लु एसियाका उत्कृष्ट ४० अन्तर्राष्ट्रिय निर्णायकमा छनोट भएका हुन्। ग्योरोगी र पुम्से दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकको मान्यता प्राप्त सिवाकोटीका लागि एसियाडमा निर्णायकको जिम्मेवारी नेपाली तेक्वान्दोको प्राविधिक क्षमताको