काठमाण्डु – चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वीराजमार्गमा खसेको पहिरो हटाएपछि सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ । शनिबार राति सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्गको नारायणगढ–काठमाण्डु सडकखण्ड दुईतर्फी अवरुद्ध भएको थियो । पहिरो खसेपछि पृथ्वी राजमार्ग सात घण्टादेखि अवरुद्ध भएको थियो । पहिरोका कारण सडक अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य गरिएको थियो ।