इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प : ज्यान गुमाउनेकाे संख्या ४७ पुग्याे

  • आइबार​ ३१ साउन २०८३ ०८:०१ AM
बीबीसी/जाकर्ता : इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार उद्धार कार्य जारी रहेकाले मृतकको सख्या अझै बढ्न सक्ने सम्भावना छ। स्थानीय समयअनुसार शनिबार बिहान करिब ५:०० बजे फ्लोरेस टापुलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प १५ किलोमिटर गहिराइमा मापन गरिएको थियो। भूकम्पका कारण सयौं भौतिक संरचना ध्वस्त भएका छन् भने दर्जनौं मानिस घाइते भएका छन्।पूर्वी नुसा तेंगारा प्रान्तका ग