विश्वकप र विवाहपछि प्रशिक्षणमा फर्किए रोनाल्डो

  • आइबार​ ३१ साउन २०८३ ०८:०० AM
एजेन्सी /रियाद: विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको जीवनमा पछिल्ला केही साता निकै व्यस्त र भावनात्मक बनेका छन्। २०२६ फिफा विश्वकपमा पोर्चुगलको यात्रा अन्तिम १६ मै टुंगिएपछि केही समय मैदानबाट टाढा रहेका रोनाल्डोले व्यक्तिगत जीवनमा महत्वपूर्ण निर्णय लिँदै लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। विवाहको दुई दिनमै उनी पुनः क्लब फुटबलको तयारीमा फर्किएका छन्। ४१ वर्षीय रोनाल्डोले गत मंगलबार पोर्चुगलको कास्काइसमा जर्जिनासँग निजी समारोहबीच विवाह गरेका थिए। करिब ए