काठमाडौं : भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ ले पाँच दिनमै आयोजकको लक्ष्य पार गरेको छ। साउन २६ गतेदेखि सुरु भएको एक्स्पोको पाँचौं दिन शनिबार मात्रै ४२ हजारभन्दा बढी अवलोकनकर्ता पुगेपछि ५ दिनमा कुल संख्या १ लाख ५० हजार नाघेको हो।नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ६ दिनमा डेढ लाख अवलोकनकर्ता आउने लक्ष्य राखेको थियो। लक्ष्य पूरा भइसके पनि एक्स्पोको अन्तिम दिन आइतबार अझ ठूलो संख्यामा दर्शक आउने आयोजकको अपेक्षा छ।शनिबार अवलोकनकर्त