बर्खा मौसम नेपालमा बाढी–पहिरो र डुबानको विपद्का रूपमा परिचित छ। तर, विपद् त्यतिमा मात्र सीमित छैन। खास गरी तराई–मधेसका जिल्लाहरूमा सर्पको टोकाइबाट हुने मृत्यु परम्परागत विपद्ले जस्तै गरी दैनिक मानिसको ज्यान लिइरहेको छ। चालु वर्ष वैशाखदेखि साउन २३ सम्म ८ सय १ जना मानिस सर्पदंशबाट पीडित भएका छन्। यो तथ्यांक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकै हो। सर्पदंशमा परेकामध्ये ५९ जनाले त ज्यानै गुमाए भने ७ सय ४९ जना घाइते भए। मृत्युको यो संख्या विकसित देशहरूको तुलनामा ज्या