रोल्पा : रोल्पाको लुङ्ग्री गाउँपालिका-५ धैरेनीमा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार साउन ३० गते राति परेको अविरल वर्षाका कारण लुङ्ग्री गाउँपालिका-५ धैरेनीमा पहिरो खसेर ७२ वर्षीया अम्मी गुरुङको घर पुरिएको हो।घरमा सुतिरहेको अवस्थामा माथिबाट एक्कासि पहिरो खसेपछि गुरुङ पुरिएकी थिइन्। घटनाको जानकारी साउन ३१ गते बिहान करिब ३ बजे प्रहरी चौकी किलाचौर रोल्पामा प्राप्त भएको थियो।सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा खोज त