लहान : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गरेकी छन्। मन्त्री मेहताले रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुगेर अस्पतालको सेवा प्रवाह, पूर्वाधार तथा उपचार व्यवस्थाबारे जानकारी लिइन्।