पोखरा : पोखरा २६ सक्नेरी भगवती हाईड्रोपावर नजिकै बिजयपुर खोला तर्ने क्रममा शनिबार दुई बालकलाई खोलाले बगाएको छ। खोलाले बगाएर बेपत्ता भएका बालकहरुको इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालय कास्की र सशस्त्र प्रहरी बेस क्याम कुडहरबाट खटिएका सुरक्षाकर्मीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। खोलाले बगाएर हराएका बालकहरुमा स्याङजा बिरुवा गाउँपालिका घर भई हाल पोखरा १४ छिनेडाँडामा बस्ने १४ वर्षीय निकसन गुरुङ र खोटाङ जिल्ला घर भई हाल पोखरा १४ चाउँथे बस्ने १५ वर्