खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न आइतबार नेपाल आयल निगमले काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गर्ने भएको छ । निगमका अनुसार बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि उपभोक्तालाई प्रत्यक्ष रूपमा ग्यास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने व्यवस्था गरिएको हो । निगमले