सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा २२.३७ प्रतिशतले घट्यो

  • शनिबार ३० साउन २०८३ ०३:०७ PM
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन र खुद नाफामा गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ७६ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष ५ अर्ब ७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीको यो रकम ४.९१ प्रतिशतले कम हो। यता, कम्पनीको खुद बीमाशुल्क आर्जन भने १०.७१ प्रतिशतले बढेर २ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले २ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन ... The post सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा २२.३७ प्रतिशतले घट्यो appeared first on Kalika Khabar.