काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ७३ करोड ६९ लाख ४७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। शनिबार प्रकाशित कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार कुल बीमाशुल्क आर्जन अघिल्लो आर्थिक वर्षको तुलनामा ३६.८६ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५ अर्ब ६५ करोड ५२ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ३५.८२ प्रतिशतले बढेर ७ अर्ब ४६ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो रकम ५ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ रहेको ... The post आइएमई लाइफको कुल बीमाशुल्क आर्जन ३६.८६ प्रतिशतले बढ्यो appeared first on Kalika Khabar.