राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतका नेतृत्व, सरकार तथा भारतीय जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। रास्वपाले भारतले आठ दशकमा हासिल गरेको लोकतान्त्रिक सुदृढता, आर्थिक गतिशीलता तथा प्रविधिको क्षेत्रमा गरेको प्रगतिलाई उल्लेख गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। रास्वपाले दिगो विकास, क्षेत्रीय कनेक्टिभिटी तथा साझा