नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतका राष्ट्रपति, सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत भारतका राष्ट्रपति द्रौपदी मुर्मु, भारत सरकार र भारतीय जनताप्रति न्यानो शुभकामना व्यक्त गरेका हुन्।