काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई ‘राष्ट्रिय सम्मेलन’मा रुपान्तरण गरिएको छ । शुक्रबार भेलाका रुपमा उद्घाटन गरिएको कार्यक्रमलाई शनिबार ‘सम्मेलन’को रुप दिइएको हो । सम्मेलनमा शनिबार विभिन्न प्रस्तावहरुमाथि छलफल भएको छ । बन्दसत्रमा विभिन्न समितिका प्रतिवेदनहरूमाथि प्रदेशगत रुपमा छलफल गरिएको छ । सम्मेलनमा नेता डा