वीरगन्ज : वीरगन्ज नाकाबाट तीन वर्षको अवधिमा मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका ३ सय ७८ जना महिला तथा बालबालिकालाई उद्धार गरिएको छ। नाकामा परिचालित माइती नेपाल र प्रहरीको पहल र सहयोगमा आर्थिक वर्ष २०८०/०८१ देखि आर्थिक वर्ष २०८२/०८३ सम्म तीन वर्षको अवधिमा ३ सय ७८ जना महिला तथा बालबालिकालाई उद्धार गरिएको हो। वीरगन्जमा आयोजित एक कार्यक्रममा माइती नेपालकी पर्सा संयोजक गोमा पौडेलले वीरगन्ज नाकाबाट आर्थिक वर्ष २०८०/०८१ मा ७९ महिला र ३२ बालिका गरी १११ जना, आर्थिक वर्ष २०८१/०८२ मा १०९ महिला र