आइतबार उपत्यकाको ७ स्थानबाट खाना पकाउने ग्यास बिक्री वितरण हुँदै

  • शनिबार ३० साउन २०८३ ०८:०१ PM
काठमाडौं : भोलि काठमाडौंको विभिन्न ७ स्थानबाट खाना पकाउने ग्यास बिक्री वितरण हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीहरूबाट काठमाडौंमा ग्यास बिक्री वितरण गर्न लागिएको हो। निगमको टेकु परिसर, पशु सेवा शाखा,चपली, बूढानिलकण्ठ, राधास्वामी कीर्तिपुर परिसर, नयाँ बजार जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट ग्यास बिक्री हुनेछ।