काठमाडौं । नेपाली कांग्रेसका नेता उमाकान्त चौधरीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, न्याय र त्यागको भावनालाई व्यवहारमा उतार्न व्यापक रूपान्तरण र सुदृढीकरण अभियान आवश्यक रहेको बताएका छन् । शनिवार काठमाडौंमा पार्टीको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावादभन्दा माथि उठेर विधि, पद्धति र योग्यताका आधारमा पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिए