काठमाडौं । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा सुरेशराज शर्मालाई अभिनन्दन गरिएको छ । निस्ट फाउण्डेसनले आज आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले उनलाई अभिनन्दन गरे । शर्माले झण्डै दुई दशक उपकुलपति भएर विश्वविद्यालयको प्राज्ञिक उन्नयनको नेतृत्व गरेका थिए । नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत पूर्वउपकुलपति शर्मालाई अभिनन्दन गरिएको फाउण्डेसनले जनाएको