काठमाडौं । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेको निष्कर्षसहित शनिबार जेनजी अगुवाहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा गरेका छन् । ‘कमन जेनजी नेपाल’द्वारा आयोजित जेनजी संवाद कार्यक्रममा वक्ताहरूले जेनजी आन्दोलनको गम्भीर समीक्षा गर्दै राज्यको गैरजिम्मेवार भूमिकाको कडा शब्दमा आलोचना गरेका छन् । राज्यले युवा पुस्ताको धैर्यतालाई कमजोरीका रूपमा बुझेको निष्कर्ष निकाल्दै जेनजी अभियन्ताहरूले आगामी भदौ २३ गते खबरदारी ¥याली सहित सरकारलाई ज्ञापनपत्र बुझाउने घोषणा गरेका छन् । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले आउँदो भदौ २३ गते सरकारलाई खबरदारी सहित ज्ञापनपत्र बुझाउने जनाएका छन् । ... The post प्रधानमन्त्री वालेनसंग जेनजीहरूको प्रश्न, ‘जेनजीका हत्यारालाई कारवाही किन नगरेको ?’ appeared first on Kalika Khabar.