काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदनहरू पेश भएका छन्। काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेशमा जारी राष्ट्रिय भेला अन्तर्गतको बन्द सत्रमा विधान संशोधन लगायतका विभिन्न प्रस्ताव छलफलका लागि पेश गरिएको हो। बैठकमा कांग्रेसका नेता विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनको प्रतिवेदनमा पुस्तान्तरणका नाममा आन्दोलनका हरेक चरणमा योगदान गर्नेहरूलाई विधि विपरीत अपमानित गर्ने कार्य भएको उल्लेख गरिएको छ। साथै १५ औँ महाधिवेशनका लागि निर