काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले वर्तमान सरकारले ठोस तथा जनपक्षीय काम गर्न नसकेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । सरकारले समर्थन प्राप्त गरे पनि हालसम्म कुनै नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको