राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतालाई शुभकामना दिएका छन्। लामिछानेले सामाजिक सञ्जालमार्फत नेपाल र भारतबीच गहिरो सभ्यतागत सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशबीच सुशासन, लोकतान्त्रिक सुदृढीकरण र आर्थिक समृद्धिका साझा आकांक्षा रहेको बताएका छन्। उनले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा