अर्थमन्त्रीले प्रवासी नेपालीलाई भने- नेपालमा ढुक्कसँग लगानी गर्नूहोस्

  • शनिबार ३० साउन २०८३ ०५:०१ PM
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन्। चीनको ग्वाङझाउ सहरमा आजबाट सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै उनले यस्तो धारणा राखेका हुन्। सरकारले लगानीको माहोल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको भन्दै उनले नेपालमा ढुक्क भएर लगानी गर