पोखरा । पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रालिले करिब ६ करोड रुपैयाँ लगानीमा सुविधा सम्पन्न लक्जरियस बस सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले पोखरा महानगरपालिका–२५, हेम्जा मिलनटोलबाट काठमाडौंका लागि दैनिक बिहान ६ बजे सेवा सञ्चालन गर्ने जनाएको छ । पोखरा पयाङमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्रिय यातायात व्यवसायी