काठमाडौं । होटल व्यवसायी महासंघ नेपालले होटल तथा आतिथ्य व्यवसायलाई आशंकाको दृष्टिले नभई राज्यको आर्थिक तथा पर्यटन विकासको साझेदारका रूपमा व्यवहार गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ। महासंघका अध्यक्ष टि. आर. भण्डारी (शंकर) ले २०८३ साउन २९ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल आयल निगमले साउन २८ गते जारी गरेको ‘अत्यन्त जरुरी सूचना’प्रति गम्भीर आपत्ति जनाएका हुन्। नेपाल आयल निगमको सूचनामा केही होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेसमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात रहेको उल्लेख गर्दै त्यस्तो मौज्दात नराख्न तथा रहेको भए डिपोमार्फत सर्वसाधारणलाई बिक्री–वितरण गर्न आग्रह गरिएको थियो। महासंघले व्यवसायको ... The post होटल तथा आतिथ्य व्यवसायलाई आशंकाले होइन, आर्थिक साझेदारका रूपमा व्यवहार गर्न महासंघको आग्रह appeared first on Kalika Khabar.