परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छः ऊर्जामन्त्री श्रेष्ठ

  • शनिबार ३० साउन २०८३ ०९:२५ AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्ने बताएका छन् । महर्षि कलेज सामाखुशीले आज आयोजना गरेको ‘स्वागत अभिमुखीकरण तथा सांस्कृतिक’ कार्यक्रममा उनले युवा पुस्ताको ऊर्जाबाट समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सूचना प्रविधिमार्फत विश्वलाई एक ठाउँमा जोड्दै लगेको भन्दै मन्त्री श्रेष्ठले सूचना प्रविधिको उच्चतम प्रयोग