विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउन कानुन संशोधनको तयारी

  • शनिबार ३० साउन २०८३ ०९:१७ AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रलाई विद्युत् उत्पादनसँगै वितरण र व्यापारमा समेत सहभागी गराउन कानुनी व्यवस्था संशोधनको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयकी सचिव सरिता दवाडीले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आयोजना गरेको कार्यक्रममा विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिताका लागि विद्यमान कानुनी अवरोध हटाउन नेपाल ऐन संशोधनमार्फत तत्काल आवश्यक व्यवस्था गर्न