विश्वप्रकाश शर्माले भने– ‘विधिभन्दा बाहिर गएर सभापति र पदाधिकारी दाबी नगरौँ’

  • शनिबार ३० साउन २०८३ ०९:२३ AM
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताबारे कुनै अन्योल नरहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका शर्माले यस्तो बताएका हुन् । उनले पार्टीको विशेष महाधिवेशन विधिपूर्वक सम्पन्न भएको र त्यसलाई निर्वाचन आयोग तथा अदालतबाट समेत मान्यता प्राप्त भइसकेकाले वैधानिकतामाथि प्रश्न उठाउनु आवश्यक नरहेको बताएका