भनिन्छ, मानिसको जीवन निरन्तर बगिरहने नदीजस्तै हो। कहिले यो शान्त रूपमा बग्छ, त कहिले समय र मौसमसँगै भेल बनेर उर्लिन्छ। कहिले किनारमा हरियाली छाउँछ, त कहिले खडेरीले छियाछिया पार्छ। यसरी नै हरेक मानिसले आफ्नो जीवनयात्रामा अभाव, दबाब र प्रभावका अनेकौं आयामसँग दैनिक रूपमा साक्षात्कार गरिरहेको हुन्छ।हेर्दा सामान्य लागे पनि यी तीन शब्द मानव जीवनका गहिरा मनोवैज्ञानिक, सामाजिक, आर्थिक र नैतिक पक्षसँग जोडिएका छन्। वास्तवमा मानिसको दैनिकी बुझ्न अभाव, दबाब र प्रभावबीचको सम्बन्ध बुझ्नु आवश्यक हुन्छ। भनिन्छ,