काठमाडौं : काठमाडौंस्थित भारतीय राजदूतावासले शनिबार भारतको ८० औँ स्वतन्त्रता दिवस मनाएको छ। 'वन्दे मातरम्' गीतको गायनसँगै सुरु भएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए। त्यसलगत्तै राष्ट्रगान गाइनुका साथै ८०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो प्रसारण गरिएको थियो।कार्यक्रममा राजदूतले भारतीय सशस्त्र बलका ११ जना दिवंगत सुरक्षाकर्मीका एकल (वीर नारी) तथा निकटतम