रामकथामा आधारित पुस्तक ‘रामायण सीयाराम कथा जग मंगलकारी’ पढ्ने मौका मिल्यो। ७५ वर्षीय लेखक डा. भूचन्द्र वैद्यले १०/११ वर्षको उमेरमै उहाँका पिताजीका मित्र स्व.गणेशबहादुर भुवनेश्वरी कर्माचार्यद्वारा लिखित रामायण आद्योपान्त पढ्नु भएको रहेछ।पेसाले उहाँ अर्थशास्त्रको प्राध्यापक हुनुहुन्छ, तर विद्यावारिधि गर्दाको बनारस बसाइले उहाँमा संगीत र अध्यात्मप्रति झुकाव बढायो। वैद्यले कम उमेरमै त्रिवि अर्थशास्त्र विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हाल्नुभयो। अर्थशास्त्रको प्राध्यापनका अलावा देश&n