काठमाडौंस्थित भारतीय दूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

  • शनिबार ३० साउन २०८३ ०७:५० AM
काठमाडौंस्थित भारतीय दूतावासमा शनिबार भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ। कार्यक्रममा नेपालमा रहेका भारतीय समुदायका सदस्य, भारतका मित्र, दूतावासका अधिकारी तथा उनीहरूका परिवारको सहभागिता थियो। कार्यक्रमको सुरुवात ‘वन्दे मातरम्’को गायनबाट भएको थियो। त्यसपछि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय राष्ट्रिय झण्डा फहराउँदा राष्ट्रिय गान बजाइएको थियो। कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले ८०औँ